वलिउड मिडियामा अहिले केहि तश्विरहरु चर्चामा छन्, सामाजिक सञ्जालमा पनि भाईरल छन्, अभिनेत्री दिपिक पादुकोणका । जहाँ दिपिकाले पहिलो ब्वाईफ्रेण्ड उपेन पटेलसँग ‘क्लोज सिन’ दिएकी छिन् ।
वलिउड मिडियामा पहिलो पटक यो खबर पनि बाहिर आएको छ कि उक्त समय दिपिका र उपेन रिलेशनसिपमा थिए । उपेनले दिपिकाको प्रेमलाई सिरियस रुपमा लिएका थिएनन् उनले दिपिकासँगै अर्की एक युवतीसँग समेत रिलेशन अघि बढाइरहेका थिए । तर उनी र दिपिकाको ब्रेकअप कसरी भयो र प्रेम कसरी सुरु भएको थियो भन्ने कुरा भने खुलेको छैन् ।
रोचक कुरा त के छ भने उक्त फोटोसुट नै दिपिका र उपेनले किन र के को लागी गरेका थिए समेत खुलेको छैन् । तर ब्रेकअपपछि पनि दिपिकाले उपेनसँग सम्बन्ध पुनः जोड्न चाहेको समेत दाबी वलिउड मिडियाले गरेका छन् ।