मुम्बई(एजेन्सी) । बलिउडका सुपरस्टार सलमान खानको कम्पनी ‘बीइंग ह्युमन’ले आफ्नो उत्पादन साइकल सार्वजनिक गरेको छ । सलमानले एक ट्वीट गर्दै कम्पनीले साइकल उत्पादन गरेको जानकारी दिएका छन् ।
सलमानले एक भिडियो पनि शेयर गरेका छन् । भिडियोमा उनलाई साइकल चलाउँदै गरेको देखिन्छ । दुई मिनेट २९ सेकेण्डको भिडियोमा सलमानसँगै उनका भाई र तथा फिल्म निर्माता अरबाज खान पनि देखिन्छन् । सलमानले केही समय अघि ट्वीटरमार्फत नै आफ्नो कम्पनीले चाँडै नै बीइङ ह्युमन ब्राण्डको साइकल सञ्चालन गर्ने जानकारी दिएका थिए ।
भारतमा सलमानका करोडौं फ्यान छन् । त्यसकारण पनि सलमानको यो साइकललाई धेरैले रुचाउने विश्वास गरिएको छ । तर अहिलेलाई सलमानको साइकल भन्दा पनि आगामी जुन २५ गतेबाट रिलिज हुने फिल्म ‘ट्यूबलाइट’कै सबैलाई प्रतिक्षा छ ।