भारतीय सिनेमाको माइलस्टोन फिल्म ‘शोले’ १५ अगस्ट १९७५ मा रिलिज भएको थियो । आज ४१ बर्षपछि सिर्फ शोलेको स्टारकास्टको लुक मात्र होइन यस फिल्ममा काम गरेका केही कलाकारहरु यो दुनियाँमा समेत छैनन् । हामी तपाईलाई शोलेका यस्ता ५ मुख्य कलाकारहरु देखाउँदै छौ, जो अहिले यो संसारमा छैनन् ।
अमजद खान (गब्बर सिंह)
फिल्म शोलेमा गब्बर सिंहको भुमिका निर्वाह गरेर इतिहास रच्ने अमजद खान अहिले यो संसारमा छैनन् । १७ जुलाई १९९२ मा अमजदले यो दुनियाँबाट विदा भएका थिए । गब्बर सिंहको भुमिका निभाएपछि अमजद खान राता रात चर्चित भए । उनले चलचित्रमा बालेका संवादहरु अहिले पनि बच्चा बच्चाको मुखमा झुण्डिने गर्छ । त्यो बेला गाउँ-गाउँ, शहर-शहरमा मात्र गब्बर सिंहको चर्चा थियो । काँधमा कारतूसको पेटी बाँधेर तम्बाकू खाने उनको अनौठो अन्दाज, खतरनाक तरिकाले हाँस्ने शैली, आफ्नो व्यक्तिहरुसँग गर्ने सवाल जबाफ र गोलीको बर्सात । यही थियो गब्बर सिंहको अनौठो अन्दाज ।
सञ्जीव कुमार (ठाकुर)
सञ्जीव कुमारले ‘शोले’ मा ठाकुर बलदेव सिंहको भुमिका निर्वाह गरेका थिए । उनले शोलेमा ठाकुरको भुमिका यस्तो आत्मियताका साथ निभाएका थिए कि आजपनि मानिसहरुले उनलाई सम्झिने गर्छन । ६ नोभेम्बर १९८५ मा उनको ४७ बर्षको उमेरमा निधन भएको थियो ।
ए.के.हंगल (रहीम चाचा)
बलीउडका चर्चित कलाकार मध्येका एक एके हंगलले शोलेमा रहीम चाचाका भुमिका निर्वाह गरेका थिए । यो भुमिका छोटो भएपनि निकै महत्वपूर्ण थियो । यो भुमिका निभाएपनि उनको पपुलारिटी अझै चुलिएको थियो । पुरा करियरमा आफ्नो अभिनयबाट सबैको मन जितेका एके हंगलको २६ अगस्ट २०१२ मा निधन भएको थियो ।
मैकमोहन (सांभा)
एक्टर मैकमोहनले बलीउडमा कयौ फिल्महरु खेले तर शोलेमा उनको अभिनयलाई सबैले रुचाए । उनले शोलेमा अभिनय गरेको भुमिकालाई अझै पनि दर्शकहरुले भुल्न सकेका छैनन् । उनले शोलेमा गब्बर सिंहको साथी ‘सांभा’ को भुमिका निर्वाह गरेका थिए । उनले बोलेको ‘पूरे पचास हजार’ संवाद अझै पनि कसैले भुल्न सकेका छैनन् । १० मे २०१० मा उनले पनि यो संसार छोडिसकेका छन् ।
लीला मिश्रा (मौसी)
एक्ट्रेस लीला मिश्रा आज यो संसारमा छैनन तर चलचित्र शोलेमा उनले निभाएको काकीको भुमिका आजसम्म पनि दर्शकहरुले भुल्न सकेका छैनन् । आज पनि याद गर्नुस् त काकीले बोलेको त्यो संवाद जब अमिताभ धर्मेन्द्रको बिहेको कुरा लिएर काकी कहाँ जान्छन् र काकीले भन्छिन् “भले ही सारी जिंदगी लड़की कुंवारी बैठी रहे, लेकिन मैं ऐसे आदमी से बसंती को नहीं ब्याहने वाली, सगी मौसी हूं कोई सौतेली मां नहीं। सोही फिल्ममा धर्मेन्द्र टंकीमा चढेर बोलेको संवाद ‘मौसी भी तैयार है, बसंती भी तैयार है, इसलिए मरना कैंसिल’ ले बार-बार लिलाको याद दिलाउँछ । एक्ट्रेस लीला मिश्राको १७ जनवरी १९८८ मा निधन भएको थियो ।