केहि दिन पहिलेबाट छायांकन थालिएको फिल्म ‘कमिटमेन्ट सिक्स्टी आवर्स’मा मुख्य अभिनेत्री अनुबन्धित भएकी छिन् । एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको आफ्नै निर्देशन अनि होम प्रोडक्सनबाट बन्दै गरेको फिल्ममा आफ्नै सालीलाई डेब्यू दिएका छन् ।
निखिल पत्नि अभिनेत्री सञ्चिता लुईंटेलले सामाजिक सञ्जाल फेसबुकमा तश्विर सेयर गर्दै बहिनी शिवानी लुईंटेललाई फिल्म उद्योगमा ‘वेलकम’ लेखिन् । बुधबार बिहान सञ्चिताले लेखेको स्टाटसमा ‘वेलकमसँगै नयाँ प्रोजेक्ट ‘कमिटमेन्ट’लाई ‘अल दि वेष्ट’ जोडिएको छ ।
त्यसो त निर्माण घोषणाको क्रममा नै निखिलले आफ्नो फिल्मलाई अंग्रेजी तथा हिन्दी भाषामा दख्खल अभिनेत्री चाहिएको बोलेका थिए । यो बिषयमा निखिलसँग गरिएको कुराकानीमा उनले भने, ‘मेरो साली भएको कारण शिवानी फिल्ममा अनुबन्ध भएकी होईनन्, अडिसन लिँदा उत्कृष्टता उनला पाईयो, भाषागत समस्या पनि देखिएन् त्यसैले उनि फाईनल भईन् ।’
फिल्मको यतिबेला ‘आईटम गीत’को छायांकन चलिरहेको छ । जहाँ भारतिय नृत्याङ्गना नेन्सीले कम्मर मर्काउँदैछिन् । भने उक्त गीतसँगै जोडिने दृश्यको लागी भारतिय चर्चित भिलेन रञ्जितले दृश्य दिईरहेका छन् । आईटम गीतको छायांकन सकिएसँगै सिवानीले सेट ज्वाईन गर्नेछिन् । काठमाडौंको छायांकन पछि फिल्म युनिट विरगंज प्रस्थान गर्ने छ ।