सुदर्शन थापा निर्देशनमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु’को ट्रेलर नेपाली युट्युव ट्रेण्डिङको पहिलो स्थान कब्जा गर्न सफल भएको छ । शुक्रबार रिलिज भएको ट्रेलरले शनिबार साँझ नै पहिलो स्थान कब्जा गर्यो ।
समाचार तयार हुँदासम्म उक्त फिल्मको ट्रेलरलाई साढे चार लाख पटक हेरिसकिएको छ । युट्युवमा ९ हजार बराबरले लाईक गरेका छन् भने १५ सय बढि कमेन्ट व्यक्त छन् । कमेन्ट गर्ने अधिकांश दर्शकले ट्रेलरको सफलता नै फिल्म हिट भइसकेको लेखेका छन् भने ‘भाग्य मै लेखेको छैन भने मुटु मा सजाउँदैमा कसैलाई आफ्नो बनाउन नसकिदो रहेछ’ बोलको डायलग सर्वाधिक लोकप्रिय बनेको छ ।
ट्रेलरप्रति दर्शकले दिएको माया बाट निर्देशक थापाले खुशी व्यक्त गरे । ट्रेलरमा दर्शकले दिएको साथ र पोख्नु भएको अपेक्षालाई फिल्मले न्याय गर्नेमा ढुक्क हुन पनि थापाले सबैलाई आग्रह गरे । फिल्ममा पल शाह र पूजा शर्मा लिड अभिनयमा छन् ।