दुर्गिश फिल्मस् को व्यानरमा बनेको फिल्म ‘सायद २’ को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक ‘पहिलो प्रेम’ बोलको गीतमा सुशिल श्रेष्ठ रस्यारोन श्रेष्ठ फिचरिङमा छन् । दुई श्रेष्ठलाई प्रेमिल भावमा गीतमा भेट्न सकिन्छ ।
सुगम पोखरेलको शब्द, संगीत तथा स्वर समावेश गीतलाई मुस्ताङका आकर्षक लोकेशनमा खिचिएको छ । विक्रम स्वारको कोरियोग्राफी छ भने प्रविण श्रेष्ठले सम्पादनको काम गरेका छन् ।
सुनिल रावलको निर्माणमा बनेको फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । फिल्ममा सुशिल र स्यारोनसँगै सुशिल सिटौला, निशा कार्की, रुविना श्रेष्ठ, कुशल पाण्डे, अमित ढुङ्गाना लिड अभिनयमा छन् । असार ३० मा फिल्म रिलिज हुनेछ ।