दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘धनपति’मा समावेश गीत युट्युव रिलिज गरिएको छ । फिल्ममा समावेश एक मात्र गीत रिलिज गर्ने नगर्ने विषयमा निर्माण टिम केहि दिन पहिलेसम्म अनिर्णित थियो । तर अन्ततः फिल्ममा समावेश ‘दुख दुःख’ बोलको गीत सार्वजनिक गरिएको हो ।
टुकी आर्ट्सको ब्यानरमा बनेको फिल्मको सार्वजनिक गीतमा फिल्ममा समावेश ‘मोन्टाज’ समेटिएको छ । जहाँ लिड अभिनेता खगेन्द्र लामिछानेसँगै अभिनेत्री सुरक्षा पन्त फ्रेम पुत्रीका साथ फिचरिङमा छन् ।
पैसा कमादने ध्याउन्नमा लाग्दै गर्दा मधेशी समुदायको मध्यम वर्गिय एक सामान्य परिवारको युवकको जीवनमा राजनीति घुसेपछि उत्पन्न परिस्थितीको उरिपरी फिल्म घुमेको छ । असार २३ मा फिल्म रिलिज हुनेछ ।