काठमाडौं । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले वागमती नदी महासफाई अभियानमा सहभागी भई वागमतीलाई सफा बनाउन आव्हान गरेकी छन् । हालै मात्र नेपाल सरकारबाट सफाई अभियानकी सद्भावना दूत नियुक्त भएकी मनिषाले आफू सफाई अभियानमा सहभागी हुन पाउँदा उत्साहित र काम प्रति प्रतिबद्ध रहेको बताएकी छन् ।
मनिषाले आफ्नो ट्वीटरमा वागमती सफाई गरिरहेका एक समूहको तस्वीर राख्दै सफाई अभियानमा एकताबद्ध हुन आव्हान गरेकी हुन् । ‘वागमतीको सफाई गर्न सबै मानिसहरुको प्रयासमा साथ दिन प्रतिबद्ध र उत्साहित छु ।’ उनले ट्वीटेकी छन् । मनिषाले केही रचनात्मक काम गर्नका लागि फलदायी सहयोग पाउन उत्सुक रहेको जनाएकी छन् ।
मनिषाले आफ्नो तस्वीर र नेपाल सरकारको आधिकारिक पत्रको तस्वीर सार्वजनिक गर्दै काम शुरु गर्न आफू तयार रहेको बताएकी छन् । ‘धेरै प्रयास पहिलेदेखि नै भईरहेका थिए र अब त्यो भन्दा पनि धेरै हुनेछ, तर हामी आफ्ना तर्फबाट पूर्ण इमान्दार भएर काम गर्नुपर्छ । वागमती। वागमती सफाई महाअभियान नेपाल।’ उनको ट्वीटमा उल्लेख छ ।