मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानलाई यो वर्ष सायदै अफापसिद्ध बनेको छ । बहुप्रतिक्षित फिल्म भनिएको ‘ट्युबलाइट’ले पनि बलिउडमा उत्साहजनक उज्यालो नदिइरहँदा यी अभिनेता चर्चित टेलिभिजन रियालिटी शो ‘बीग बोस’बाट उम्किने तयारीमा छन् ।
समाचार अनुसार सलमानको स्थानमा बलिउडका अर्का स्टार अक्षय कुमार आउँदैछन् । धेरै फिल्म खेले पनि दर्शकको रोजाईमा परिरहने अभिनेता अक्षय कुमारले आफ्नो स्टारडमकै कारण उनले सलमानलाई आगामी सिजनबाट हटाउन लागेका हुन् ।
स्रोतका अनुसार सलमान आफै यो वर्षदेखि बीग बोसबाट निस्कन खोजिरहेका छन् । वर्षैपिच्छे सलमानको माग पनि बढ्दै गएको कारण शो आयोजकलाई पनि सलमानलाई कसरी शोबाट निकाल्ने भनर समय पर्खिरहेका थिए । त्यसकारण पनि सलमानको ठाउँमा अक्षयलाई ल्याउने तयारी भइरहेको छ । शो प्रसारण हुने च्यानल कलर्सले पनि अक्षयलाई ल्याउने कुरामा ग्रीन सिग्नल दिइसकेको छ ।