मुम्बई(एजेन्सी) । बलिउड फिल्म ‘काबिल’मा एक नेत्रहीन व्यक्तिको भूमिका निभाएका अभिनेता ऋतिक रोशनले यो फिल्मबाट आफू प्रतिभाशाली कलाकार हो भन्ने कुरा प्रमाणित गरेर देखाइदिए । फिल्ममा उनले नेत्रहीन भएर पनि शक्तिशाली र प्रभावशाली व्यक्तिसँग बदला लिएको कुरालाई प्रस्तुत गरिएको थियो । वर्षको शुरुवातमा रिलिज भएको यो फिल्म सफल मात्र भएन, यसले हलिउडमा पाइला टेक्ने अवसर पनि पाएको छ । अर्थात यो फिल्म अब हलिउडमा रिमेश शैलीमा बन्दैछ ।
सञ्चारमाध्यमका अनुसार फक्स स्टार स्टुडियोले हलिउडमा ‘काबिल’को रिमेक बनाउने विषयमा रुची देखाएको छ । यसका लागि स्टुडियोले ऋतिकसँग सम्पर्क पनि गरेको छ । फिल्मका निर्देशक सञ्जय गुप्ताले यो कुराो खुलासा गरेका हुन् । ‘फक्स इन्टरनेशनल प्रोडक्शनका अध्यक्ष थोमस जेजेसले यो विषयमा ऋतिकसँग सम्पर्क गरेका थिए ।’ उनले भनेका छन् । निर्देशकले यो भन्दा बढी जानकारी दिन अस्वीकार गरेका छन् ।
ऋतिक थोमसबाट एक कलको पर्खाइमा थिए । उनीहरुले एक साता अघि मात्र फिल्मका बारेमा बसेर बैठक गरेका थिए ।ऋतिक पछिल्लो दिनमा आफ्नो छोराका साथ अमेरिकामा छन् ।
फिल्मका निर्माता राकेश रोशनले फिल्ममा हुनुपर्ने सबै गुण रहेकाले हलिउडले चासो दिएको बताए । फिल्ममा ऋतिकका अलावा यामी गौतम, रोहित र रोनित रोय प्रमुख भूमिकामा छन् ।