मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री सनी लियोनी फोटोसुट, टेलिभिजन विज्ञापन र फिल्ममा निकै व्यस्त हुन्छिन् । यति व्यस्त रहँदारहँदै पनि उनी चाँडै बच्चा जन्माउन चाहन्छिन् । आफ्नो परिवार बढाउन सनीको चाहना भए पनि उनी आफै भने गर्भवती हुन डराउँछिन् ।
‘म बच्चा चाहन्छु । तर गर्भवती हुन चाहिँ डरलाग्छ । अहिले नै गर्भवती हुने बारे सोच्न मेरा लागि मुश्किल नै हुनेछ किनकी मसँग अझै धेरै काम छन् । तर कसलाई के थाहा कि कहीबाट मेरो काखमा बच्चा आओस् अनि सबैले सोधुन कहाँबाट आयो ।’ उनले भनेकी छन् । सनीको यो भनाईलाई बुझ्ने हो भने सरोगेसी प्रविधिबाट बच्चाको आमा हुने उनको चाहना छ ।