कुनै पनि फिल्मको मुख्य व्याक्ति कोहि हो भने त्यो सम्बन्धित फिल्मको निर्देशक हो । फिल्म निर्माणको योजना बन्छ, सुटिङ हुन्छ अनि एक समयमा रिलिज हुन्छ । यो तीनै समयमा फिल्मको निर्देशकको उपस्थिती अनिवार्य मानिन्छ, तर रिलिजको छेकोमा रहेको फिल्म ‘डाक्टर खाते’को निर्माण टिम भने यतिबेला तनाबमा छ, निर्देशकको अनुपस्थितीले ।
यो शुक्रबार तथा भोलीबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको केहि समय पहिलेदेखि प्रचार प्रसार थालियो तर फिल्मको कुनै पनि प्रचार कार्यक्रममा निर्देशक रवि अर्यालको उपस्थिती पाइएन । निर्मात्री तथा अभिनेत्री रोशनी केसीले निर्देशकको बारेमा कुरा निकाल्दा गुनासो पोखिन् । निर्देशकको साथ बिना एक्लै प्रचारमा हिँड्नुपर्दाको पीडा उनले सिनेखबरसँग सुनाईन् । यो फिल्मलाई अर्को समस्या यो पर्यो कि, ‘रिनाउन’ कलाकार भन्दा बढि बाल कलाकारहरु अभिनयमा हाबी छन्, कलाकारहरुको उपस्थितीले प्रचारका कम अर्थ राख्ने भएको कारण निर्मात्री एक्लै मिडिया तथा अन्य क्याम्पियनमा दौडधुप गरिरहेकी छिन् ।
फिल्मको शुक्रबार बिहानी शो मा विशेष प्रदर्शनी राखिएको छ । राजधानीको एक हलमा आयोजित कार्यक्रममा कला तथा राजनीति अनि अन्य विभिन्न विधाका विशिष्ट व्याक्तित्वहरुको उपस्थिती रहने बताईएको छ । ‘फिल्म राम्रो बनेको छ, ‘वर्ड अफ माउथ’ राम्रो जानेमा विश्वास छ, त्यसैले रिलिजको दिनको पहिलो शो मा नै विशेष प्रदर्शनी राखेर विभिन्न क्षेत्रका अनि प्रभाव राख्ने व्याक्ति तथा मिडियाकर्मीहरुको उपस्थितीमा फिल्म देखाउँदै छौं’, रोशनीले सुनाईन् ।
केहि बर्ष पहिले रिलिज भई विभिन्न फिल्म फेस्टिभलहरुमा स्कृनिङ भईसकेको यो फिल्म त्यसपछि मात्र सार्वजनिक प्रदर्शन हुन लागेको हो । फिल्ममा निर्मात्री समेत रहेकी रोशनी केसीसँगै शिल्पा पोखरेल, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत परियार लगायतका कलाकारको अभिनय छ ।