मुम्बई(एजेन्सी) । बलिउड फिल्म ‘बाहुबली’ रिलिज भएपछि नै शीर्ष अभिनेता प्रभासलाई पुरै भारतले चिन्यो । यो फिल्मको सिक्वल ‘बाहुबली २’ रिलिज पछि चाहिँ उनी सुपरस्टार बने ।
फिल्म रिलिज भएको करिब ७५ दिन भईसकेको छ । तर पनि प्रभासको क्रेज अझैसम्म घटेको छैन । उनको फ्यान फलोइङ आक्रामक रुपमा बढी रहेको छ । अहिले भारतमा सर्वाधिक माग प्रभासकै छ ।
प्रभास पहिलेदेखि नै दक्षिणी फिल्ममा सुपरस्टार थिए । तर अहिले भने उनले आफ्नो स्टार पावर पुरै भारतभर छरेका छन् । धेरैले सोचेका होलान् कि यति धेरै सुपरस्टार अभिनेताको पीआर ग्रुप होला, एक राम्रो मेनेजर होला । तर ती सोचाई सबै गलत साबित भएका छन् ।
तर प्रभासको जिन्दगीमा यी कुरा केही छैनन् । प्रभासले आजसम्म प्रोफेशनल मेनेजर पनि राखेका छैनन् । उनको सबै काम बाल्यकालका साथीहरु नै हेर्छन् । सुपरस्टार भइकन पनि उनले मेनेजरको आवश्यकता महशुस गरेका छन् । आफ्नो लागि सुरक्षाकर्मी पनि राख्न नचाहने प्रभासलाई ‘बाहुबली २’ पछि चाहिँ प्रख्यातीका कारण सुरक्षाकर्मी राख्नु बाध्यता परेको छ ।