फिल्म ‘ग्याङस्टर ब्लूज’ले ‘अजम्बरी लाउला पिरती’ बोलको गीतको ‘कभर सङ कम्पिटिसन’ गर्ने भएको छ। केहि समय पहिला सार्वजनिक भएको उक्त गीतमा काली प्रसाद बास्कोटाले संगीत भरेका छन्। गीतमा काली प्रसाद र मेलिना राईले स्वर दिएका छन्।
‘कभर सङ कम्पिटिसन’मा भाग लिनको लागि प्रतिस्पर्धीहरुले गीत गाएर भिडियोसहित युट्युबमा अपलोड गर्न पर्ने बताइएको छ। अपलोड गरेको गीतको लिंक ‘ग्याङस्टर ब्लूज’को अफिसियल फेसबुक पेजमा म्यासेज गर्नु पर्ने छ। युट्युबमा हालेको भिडियोलाई आफ्नो फेसबुक वालमा शेयर गरि पाँच साथीलाई ट्याग समेत गर्नु पर्ने छ।
प्रतिस्पर्धीमध्ये बाट छानिएको उत्कृष्ट कभर गीतले नगद एक लाख प्राप्त गर्ने छ। त्यस्तै प्रतिस्पर्धीहरु बाट १० जना लक्की प्रतिस्पर्धीले फिल्मको प्रिमियारको लागि दुईवटा टिकट प्राप्त गर्ने छन्।