भदौ ८ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘झ्यानाकुटी’ अब भने भदौ ८ मा नआउने भएको छ। भदौ ८ गते नै अनमोल केसी स्टारर फिल्म ‘कृ’ रिलिज हुने पनि हल्ला थियो। तर ‘कृ’ले केहि समय पहिला नै उक्त डेट छोडिसकेको छ। फिल्मको सुटिङ नसकिने भएकाले ‘कृ’ले उक्त डेट छोडेर पछि सर्न बाध्य भएको थियो।
त्यस्तै निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ पनि पोस्टप्रोडक्सनको काम नसकिएकाले उक्त डेट छोडेर पछि सरेको हो। भदौ ८ गतेबाट पछि सरेको ‘झ्यानाकुटी’ले कात्तिक १७ लाई आफ्नो रिलिज डेट फाइनल गरेको छ। सिमोश सुनुवारले निर्देशन गरेको फिल्ममा सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको छ।