लक्ष्मीपुजा अर्थात कात्तिक २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रुद्रप्रिया’को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक ‘रुमाल चिनो देउ’ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत छ। गीतमा राजनराज र मेलिना राईले स्वर दिएका छन्। गीतको अडियो केहि दिन पहिला सार्वजनिक भएको थियो।
फिल्म ‘रुद्रप्रिया’मा आर्यन सिग्देल र रेखा थापा मुख्य भूमिकामा प्रस्तुत भएका छन्। कुनै समय रेखा र अर्यनको जोडीलाई दर्शकले खुबै मन पराउथे। तर आपसी खटपट भइ उनीहरुले विगत ८ वर्षदेखि संगै काम गरेका थिएनन्। दर्शकले पर्दामा आर्यन र रेखालाईसंगै खोजिरहेको बेला उनीहरुले आपसी मेलमिलाप गरी फिल्म ‘रुद्रप्रिया’मा संगै काम गरेका हुन्।
सार्वजनिक गीतको भिडियोमा रेखा थापा र आर्यन सिग्देलसँगै अर्का कलाकार राजन इशान पनि फिचरिङ छन्। भिडियोमा प्रविन सिंहले कोरियोग्राफी रहेको छ। संजय लामाको छायाँकन रहेको भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका छन्।
सुदिप बबी भूपाल सिंहले निर्देशन गरेको फिल्मको निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन्। फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत समावेश छ।