मुम्बई(एजेन्सी) । बनारसी पानको बजारमा हालैबाट नयाँ ब्राण्ड जोडिएको छ । ‘खाइ के पान बनारसवाला’गीतबाट त्यसै हिट बनिसकेको यहाँको पान पुन रातारात नयाा ब्राण्डबाट हिट भएको छ । यो पानको ब्राण्ड बनाउन बलिउडका किङ खान शाहरुख खान र अभिनेत्री अनुष्का शर्माले महत्वपूर्ण भूमिका खेलेका छन् । यहाँ बनाइएको स्पेशल मिठा पानको नाम अहिले ‘शाहरुख पान’ राखिएको छ । जुन पानको भूल्य ३५ रुपैंयाँ महंगो छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार नदेसर इलाकाको ७० वर्ष पुरानो सतीशको दोकान ‘ताम्बुलम’मा ‘शाहरुख पान’को ठूलो माग बढेको छ । बनारसी युवतीहरुमा यो पानको तिर्खा बढी लागेको छ । शाहरुख र अनुष्काले आफ्नो फिल्म ‘जब हैरी मेट सेजल’को प्रमोसन गर्नु अघि यो दोकानमा पुगेर एकापसलाई पान खुवाएर मुख मिठा गरेका थिए । यो स्टाइल अहिले बनारसी युवा र युवतीमा निकै लोकप्रिय बनेको छ ।
पान खाएपछि शाहरुखले भोजपुरी गीतमा नृत्य पनि गरे । शाहरुख र अनुष्काले यो दोकानमा पान खाएपछि टाढा टाढाका मान्छे पनि सतीशको दोकानमा पान खान आउन थालेका छन् । जसमा युवायुवतीको संख्या धेरै छ । सतीशका अनुसार पानको स्वादबाट खुशी भएर शाहरुखले पानको पैसासँगै ११ सय रुपैंयाँ पनि पठाइदिएका थिए ।