मुम्बई(एजेन्सी) । बलिउडका ट्रयाजेडी किङका रुपमा परिचित अभिनेता दिलिप कुमार मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका छन् । उनलाई डिहाइड्रेशन र किडनीमा समस्या आएको चिकित्सकले बताएका छन् ।
समाचार अनुसार दिलिपलाई बुधबार राती अस्पताल भर्ना गरिएको थियो । हाल चिकित्सकको निगरानीमा रहेका दिलिपको आकस्मिक रगत परीक्षण पनि गरिएको छ । यो रिर्पोट आएपछि मात्र उनको अगाडिको उपचारको निर्णय गरिनेछ ।
अस्पतालका वरिष्ठ डाक्टर जलील पारकरले अभिनेताको मृगौलामा समस्या देखिएपछि उनलाई आइसियूमा राखेर उनका शरीरका विभिन्न भागको जाँच गरिरहिएको छ । ९४ वर्षका दिलिपलाई यसअघि पनि दुईपटक अस्पताल भर्ना गरिएको थियो ।