मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानका विरुद्ध अवैध हातहतियार प्रयोगको मामलामा १९ वर्ष पछि भारतको मुख्य न्यायिक मजिष्ट्रेड अदालतले खारेज गरिदिएको थियो । सलमानका विरुद्धको यो मुद्दा १९९८ मा फिल्म ‘हम साथ साथ हैं’को सुटिङका समयमा कालो हिरणको शिकार गरेको आरोपमा लागेको थियो । यो मुद्दाबाट दोषमुक्त हुनासाथ राजस्थान सरकारले मार्च २०१७ मा सलमानलाई दोषमुक्तिका विरुद्ध अपिल गरेको थियो ।
यो मुद्दा बुझ्न शुक्रबार जोधपुर न्यायलय पुगेका सलमानले त्यहाँ २० हजार रुपैंयाँको जमानती मुचुल्कामा हस्ताक्षर गरेर तुरुन्तै फर्किएका थिए । सलमानका वकिल हस्तीमल सारस्वतले अदालतले सलमान आफै अदालत समक्ष उपस्थित भएर जमानती मुचुल्कामा हस्ताक्षर गर्न चाहना व्यक्त गरेकाले सलमान आफै उपस्थित भएको बताए । अब अदालतले सलमानको सुनुवाई आगामी अक्टोबर ५ मा गर्नेछ ।
सलमान हाल छायांकनरत फिल्म ‘टाइगर जिन्दा है’को अन्तिम दृश्य सुट गर्नका लागि अबुधाबी जाँदैछन् । यो फिल्ममा पाँच वर्ष पछि सलमान र क्याट्रिना कैफको जोडी आउँदैछ । अली अब्बास जफर निर्देशित फिल्म २२ डिसेम्बरमा प्रदर्शन हुनेछ ।