फिल्म समिक्षा(दैनिक भास्कर)
मुम्बई(एजेन्सी) । बलिउड निर्देशक इम्तियाज अलीको फिल्म ‘जब ह्यारी मेट सेजल’ शुक्रबारबाट फिल्म हलमा प्रदर्शन भइरहेको छ । भिन्न किसिमको फिल्म निर्माण र निर्देशनमा चिनिने इम्तियाजले शाहरुख खान र अनुष्का शर्मा अभिनित फिल्म कस्तो बनाएका छन् त । जानौं फिल्मको समिक्षा
कथा
यो फिल्मको कथा टुरिष्ट गाइड ह्यारी अर्थात शाहरुख र एक गुजराती युवती सेजल अर्थात अनुष्का शर्मा वरपर घुमेको छ । कथाको शुरुवात यूकेबाट हुन्छ । जहाँ सेजल आफ्नो साथीसँग इन्गेजमेन्ट गर्छिन् । जब यो जोडी इन्डेजमेन्ट पछि भारत फर्किनुपर्ने हुन्छ, त्यो बेला सेजलको इन्गेजमेन्टको औठी हराउँछ । आफ्नो हराएको औठी खोज्नका लागि सेजल यूकेमै बस्ने निर्णय लिन्छिन् । जुनबेला उनको भेट ह्यारीसँग हुन्छ । ह्यारीकै मद्दतले सेजलले औठीको खोजी शुरु गर्छिन् । तर यो बेला ह्यारी र सेजल प्रेममा पर्ने तयारी हुन्छन् । सेजल जहिल्यै पनि ह्यारीसँग औठी भेटाउना साथ भारत फर्किने बताइरहेकी हुन्छिन् । यो अवस्थामा सेजल हराएको औठी भेटाउँछिन् या भेटाउँदिनन्, ह्यारीसँगै यूकेमै रोकिन्छिन् या भारत फर्किन्छिन् । यो सबै कुरा जान्नका लागि एकपटक फिल्म हेर्नै पर्नेहुन्छ ।
निर्देशन
फिल्मको निर्देशन राम्रो छ । फिल्मको सिनेमाटोग्राफी र क्यामराको काम पनि राम्रो छ । इम्तियाजको फिल्म त्यसै लामो हुन्छ । तर यो फिल्म फिल्म टाइमको हिसाबले छोटो छ तर पनि दर्शकलाई अल्छी लाग्दो छ । कथामा कुनै नयाँपन देखिँदैछन् ।
कलाकारको काम
फिल्ममा अनुष्का र शाहरुखले राम्रो अभिनय गरेका छन् । कथा दुवैको वरपर छ । फिल्मको कथाले पनि यी दुवैलाई मात्र फोकस गरेको छ । फिल्ममा गुजराती गर्लको चरित्र निभाएकी अनुष्काको अनुहार केही मोटो देखाइएको छ । बाँकी दुवै स्टारको काम राम्रो छ ।
फिल्मको संगीत
फिल्मको संगीत ठिकठिकै छ । स्क्रिन प्लेमा गीतको सम्पादन गर्न सकिन्थ्यो । बाँकी सबै पाश्र्वध्वनि राम्रा छन् ।
हेर्ने या नहेर्ने
यदि तपाई शाहरुख खान र अनुष्का शर्माको फ्यान हो भने फिल्म हेर्दा केही फरक पर्दैन ।