गायक तथा ‘नेपाल आइडल’का प्रतियोगी प्रताप लामाले दर्शक-श्रोतामाझ नयाँ गीत ल्याएका छन्। गीतको भिडियो शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘तिमी थियौ’ बोलको गीतमा शब्द, संगीत र स्वर प्रताप लामाको नै रहेको छ। लामा नेपाल आइडल २०१७ का लागि सहभागी रहेका थिए भने उनि यसअघि ‘नेपाली तारा सिजन ३’का विजेता समेत हुन्।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा विकाश लामिछाने र सुनिका बस्नेत फिचरिङमा छन्। भिडियोमा मिलन शंकरको छायांकन,ओम प्रसाईको ड्रोन, सुप्रिम पराजुलीलको सम्पादन तथा कलर समावेश छ।