साउन २३ गते हुन गइरहेको ‘एलजी सिने सर्कल फिल्म अवार्ड’मा उपस्थित हुन एकदमै चर्चित फिल्म ‘माइतीघर’का अभिनेता सिपी लोहनी र अभिनेत्री माला सिन्हा काठमाडौँ आईपुगेका छन्। शुक्रबार दिउँसो दुवैजना नेपाल आईपुगेका हुन्। उनीहरु उक्त अवार्डमा कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित हुनेछन्। अवार्ड कार्यक्रममा फिल्म ‘माइतिघर’ टिमलाई विशेष सम्मान गरिदै छ।
माला र सिपीलाई स्वागत गर्न ‘एलजी सिने सर्कल फिल्म अवार्ड’का प्रमुख दिनेश डिसी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए। विमानस्थलमा सञ्चारकर्मीसँग भएको छोटो कुराकानीमा माला सिन्हाले नेपाल आउँदा खुसी लाग्ने बताइन्। यो जोडीलाई पोखरा र चन्द्रागिरी घुमाउने कार्यक्रम रहेको दिनेश डिसीले बताए। फिल्म ‘माइती घर’ खेल्ने क्रममा माया बसेपछि माला र सिपीबिच बिवाह नै भएको थियो।