‘आशुत्तोष फिल्म’को ब्यानरमा नँया फिल्म ‘उल्झन’ निर्माण हुने भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको शुभ मुर्हत गरिएको हो। रजनी केसी र ध्रुव दत्तको मुख्य भूमिका रहने फिल्मलाई राजु अधिकारीले निर्देशन गर्ने भएका छन्। एउटा युवाले विदेशमा भोग्नु परेको पिडा, अनि आफ्नो लक्ष्य प्राप्त गरिसकेपछि स्वदेश फर्के पश्चात पारिवारिक सम्बन्धमा कसरी दरार आउन पुग्छ भन्ने कुरा नै फिल्मको मुख्य विषयबस्तु हो। फिल्मको छायाँकन पनि आजैबाट सुरु भएको छ।
फिल्ममा लक्ष्मण घिमिरेको छायाँकन,हिरामणी न्यौपाने र दीनेश गौतमको संगीत, कुमार महर्जनको द्वन्द्व, शिव बिकको नृत्य निर्देशन रहेने छ। फिल्ममा रजनी र ध्रुव दत्तका अलवा बेनी ढुंगाना, दीपक ढकाल, रामचन्द्र अधिकारी लगायतको अभिनय रहने छ। दिनेश शर्मा र रचना पौडेल पनि फिल्ममा विशेष अतिथि कलाकारको रुपमा देखा पर्ने छन्।
नविन अधिकारी र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा सन्तोष अधिकारी हरी कार्कीको लगानी रहने छ। फिल्मका प्रस्तुतकर्ता तेजेन्द्र कडेल हुन्।