एकता भड्काउन दुई नेता लागेको सूचना पाएपछि तत्कालीन महासचिव मदनले दुवैलाई पार्टी कार्यालय बागबजारमा बोलाएर सम्झाएको एकीकरणमा सक्रिय रहेका त्यसबेलाका एक नेता बताउँछन् ।
‘तपाईंहरू ठूलो गल्ती गर्दै हुनुहुन्छ, भााड्ने काम बन्द गर्नुस्,’ मदनले भनेका थिए । तर पनि दुवै नेता मदनको साथ रहने भ्रममा परेर एकता भाँड्न सक्रिय रहे । दुई दिनपछि फेरि मदनले बोलाएर केपी र वामदेवलाई चेतावनी दिएको स्मरण गर्दै एक नेता भन्छन्, ‘अस्ति तपाईंहरूलाई यो काम बन्द गर्न भनिसकेको छु । एकता हुँदा मालेलाई बेफाइदा, मार्क्सवादीलाई फाइदा भएको होला, तर यो एकता सिंगो कम्युनिस्ट आन्दोलन र मुलुकका लागि ठूलो उपलब्धिपूर्ण छ, परिणाम सकारात्मक आउँछ, म एकताको पक्षमा दृढतापूर्वक उभिएकाले भाँड्ने कुरा मान्य र सह्य छैन । भोलि बेलुकासम्म यो काम रोक्नुभएन भने पर्सि दुवैलाई पार्टीबाट निष्कासन गर्छु ।’
मदनको यस्तो कडा चेतावनीपछि दुवै नेता एकतामा फेरि सक्रिय बनेका थिए । २०५३ सालमा एकीकृत महाकाली सन्धिलाई सदनबाट पारित गर्नेरनगर्ने विषयमा एमाले दुई चिरामा विभाजित भयो । सन्धि पारित गर्ने पक्षमा तत्कालीन महासचिव नेपाल र ओलीको एउटा टापु बन्यो । यता, सन्धिको विरोधमा वामदेवले सिपी मैनालीसँग मिलेर अर्को टापु खडा गरे ।
पार्टी केन्द्रीय कमिटी बैठकमा एक मात्र भोटले सन्धिको समर्थन गर्ने लाइनले जित्यो । तर, पार्टीको ह्विप गौतमलगायतका एमालेका केही सांसद्ले मानेनन् । महाकाली सन्धि अनुमोदनलाई राष्ट्रघात भन्दै वामदेवले एमाले पार्टी फुटाएर नेकपा माले गठन गरे । एमाले विभाजनको सो घटनामा वामदेव र ओली नै मुख्य जिम्मेवार पात्र भएको बताइन्छ ।
केपी जोगाउने, वामदेव हटाउने लाइनमा
महाकाली सन्धि विवाद चर्किएर उत्कर्षमा पुगेपछि गौतमकै नेतृत्वमा महासचिव हटाऊ अभियान सुरु गरिएको थियो । मदन भण्डारीको निधनपछि केन्द्रीय कमिटी बैठकले महासचिव बनाइएका माधवकुमार नेपाललाई छैटौं महाधिवेशनअघि नै हटाउने गौतमको योजना थियो ।
उनलाई झलनाथ खनाल, सहाना प्रधान, सिपी मैनालीलगायतका नेताले साथ दिएका थिए । गौतमले त्यतिबेला माधवकुमार नेपाललाई हटाउन ओलीको साथ माग्दै उनलाई महासचिवको ‘अफर’समेत गरेको जानकारहरू बताउँछन् । तर, महाकाली सन्धिको पक्षमा रहेका ओलीले गौतमको अफर अस्वीकार गर्दै आफू महाधिवेशनबाट निर्वाचित भएर मात्र महासचिव बन्ने जवाफ दिएको बताइन्छ ।
वामदेव बहुमतमा, केपी अल्पमतमा
छैटौं महाधिवेशन तयारी सन्दर्भमा पोलिटब्युरो सदस्य गौतमले कार्यनीतिक प्रस्ताव पेस गर्न पाउनुपर्ने माग गर्दै दस्ताबेज तयार पारे । पााचौंमा आफूले कार्यनीतिक प्रस्ताव लेखेको भन्दै ओलीले छैटौामा पनि पाउनुपर्ने माग गरे ।
तर, गौतमले पहिले लेखेर केन्द्रीय कमिटीमा पेस गर्दा ३६ सदस्यीय केन्द्रीय कमिटीमा २६ जनाले गौतमलाई साथ दिए, ओली अल्पमतमा परे । यसपछि महासचिव नेपालले ओली र गौतम दुवैलाई कार्यनीतिक प्रस्ताव लेख्न लगाए । ओलीले आमूल परिवर्तनसहितको शक्ति सञ्चय र गौतमले प्रगतिशील सुधारको कार्यनीति लेखेपछि दुवैको दस्ताबेजलाई फेरि केन्द्रीय कमिटीमा मतदान गराइँदा गौतमको दस्ताबेज एक मतले अल्पमतमा पर्यो ।
अन्ततस् नेपालगन्जको छैटौा महाधिवेशनमा ओलीको बहुमत र गौतमको फरक मत प्रस्तुत हुादा गौतमको दस्ताबेज पराजित भो । गौतमसहित १४ जना केन्द्रीय सदस्यले महाधिवेशन बहिष्कार गरे । गौतम समूहलाई सिटै नछुट्याई केन्द्रीय कमिटी निर्वाचित भयो । तर, पार्टी विभाजन प्रयास गर्दा रोक्न ओलीले रोक्नुको सट्टा वातावरण बिगार्नेतिर भूमिका खेलेको गौतमले आरोप लगाउँदै आएका नयाँ पत्रिकामा खबर छ ।
पाँचौामा मनमोहन अधिकारी, सहाना प्रधान, सिपी मैनाली, आरके मैनालीले महाधिवेशन बहिष्कार गरेर बनाउादा मदनको दूरदर्शिताले फुट जोगिएको गौतमनिकट नेताहरू बताउँछन् । त्यसवेला मदनले माधव नेपाललाई जसरी पनि मिलाउन निर्देशन दिएपछि दुवैतिरका बराबरी संलग्न गराएर केन्द्रीय कमिटी बनाएजस्तै छैटौंमा गरिएको भए पनि पार्टी नफुट्ने उनीहरू बताउँछन् । पाँचौँमा निर्वाचन प्रक्रिया फिर्ता गरेर सहमतिमा नेतृत्व चुन्दै महाधिवेशन सकिएको थियो ।-सरल पत्रिका