प्रचार प्रसारको लागी देश दौडाहामा निस्केको फिल्म ‘संरक्षण’ युनिट बिरगंज पुगेको छ। मंगलबार बिरगंजमा पत्रकार सम्मेलन गरि फिल्मको बारेमा जानकारी पनि दिइयो। पत्रकार भेटघाट कार्यक्रममा निर्देशक पुर्णेन्दु झाले ‘संरक्षण’ एउटा विसुद्ध नेपाली फिल्ल्म भएको बताए। ‘फिल्मले मधेशको मुद्दालाई उठन गरेको छ’, उनले भने ‘फिल्मले नेपाली समाजको बर्तमान राजनीतिक अवस्थाको चित्रण गरेको छ।’
बिरगंजको पुरानो सिनेमा हलहरु ‘ए म्याक्स’ र ‘त्रिमुर्ति सिनेमा हल’मा सधै हिन्दि र भोजपुरी फिल्म मात्र लाथ्यो। तर अब भने ति हलमा पनि फिल्म ‘संरक्षण’ चल्दै छ। फिल्मको ट्रेलर र गीत दुवै मन परेकोले दर्शकहरु फिल्म रिलिजको मिति पर्खेर बसेको बताए।
बिरगंजको ‘त्रिमुर्ति सिनेमा हल’का म्यानेजर मेघराज सहनीको अनुसार हलभित्र ‘संरक्षण’को ट्रेलर प्ले भईरहदा दर्शकले चुपचाप ट्रेलर हेरेर बस्ने गर्छन तर जब ट्रेलर सकिन्छ तब उनीहरले प्रश्न गर्न थाल्छन् ‘काव लागी हो यी सिनेमा?’ सहनीका अनुसार ‘संरक्षण’ले मधेशको कुरा उठाएको भएकाले पनि बिरगंजमा फिल्म प्रतिक्षित बनिरहेको हो।‘पुर्णेन्दु प्रोडक्सन्स’, ‘द्वारिका उदय प्रोडक्सन’, ‘श्रीबास्तव फिल्मस्’ र ‘हेटौडा मुभी मेकर्स टिम’को संयुक्त ब्यानरमा निर्माण भएको ‘सरंक्षण’मा निखिल उप्रेती , सौगात मल्ल, रमेश रंजन झा, मलिना जोशी, अशिश्मा नकर्मी, प्रमोद अगरहरी, कामेस्वोर चौरसिया, कृष्ण सिंह, रमेश बुढाथोकी, निर शाह, श्वेता शाह, नन्दु श्रीवास्तब, निर्देश श्रीवास्तब, राज कटुवाल, सुशान्त श्रेष्ठ लगायतको अभिनय छ।
रमेश रंजन झा र निर्देशक पुर्णेन्दु झाले नै लेखेको उक्त फिल्ममा प्रभेस मलिकको संगीत, पुरुषोत्तम प्रधानको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन ,कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व रहेको छ।
फिल्म श्रावणको २७ गतेबाट देश ब्यापी प्रदर्शनमा आउँदै छ।