बुधवार थिम पोस्टर सार्वजनिक गर्दे फिल्म ‘दि कर्मा’को निर्माण घोषणा गरिएको छ। तराई भेगको ‘नेपाल-भारत’ सीमाना र सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो फिल्म निर्माण हुदै छ। विश्वदिप घिमिरेले निर्देशनमा बन्न लागेको फिल्मले बदलाको कथा प्रस्तुत गर्नेछ।
मानिसले आफ्नो समयमा गर्ने कामको प्रतिफल जनाउने यो फिल्ममा मुम्बईका कलाकार दिपक आनन्दको प्रमूख अभिनय रहनेछ। बलीउड तथा दक्षीण भारतिय फिल्ममा सक्रिय रुपमा काम गरिरहेका दिपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतकाटलिउड फिल्म साथै मराठी फिल्म र विज्ञापनहरुमा अभिनय गरिसकेका छन्। यो फिल्ममा दिपक भारतबाट नेपाल आएर सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा देखिनेछन्।फिल्ममा करण आहुजाको पनि महत्वपूर्ण भूमिका रहनेछ। भारतको दिल्लीका बासिन्दा करण फिल्मको दोश्रो प्रमूख पात्र हुन्। करण भारतका एक सफल मोडल हुन्। उनले टलीउड फिल्ममा पनि काम गरिरहेका छन्। फिल्ममा नेपाली कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहनेछ। फिल्मको लागि नायिकाको भने छनौट भईसकेको छैन। फिल्म मुहर्तको अवधिसम्म नायिका छनौट गरेर वर्कशपमा जाने निर्देशक घिमिरेले बताए। मुहर्तमा फिल्ममा अभिनय गर्ने सम्पूर्ण कलाकार नेपाल आउनेछन्। फिल्मको वर्कशप २० दिन सम्म चल्नेछ।
‘जय मिडिया म्यानेजमेन्ट प्रोडक्शन’को ब्यानरमा बन्ने एक्सनप्रधान चलचित्र ‘दि कर्मा’को छायाँकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा गरिनेछ। २०७४ भित्रै रिलीज लक्ष्य राखिएको यो फिल्म कात्तिकको तेश्रो साताबाट छायाँकनमा जानेछ।
जय राज रोए र निशा खतिवडा निर्माता रहेको यो फिल्ममा जय राज रोएको कथामा, रामेश्वर कार्कीको छायाँकन रहने छ। फिल्म नेपाली र हिन्दि दुवै भाषामा बन्नेछ। भारतमा पनि फिल्मको प्रदर्शनी गरिने निर्माता रोएले बताए।