भदौ ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जोनी जेन्टलम्यान’को नयाँ पोस्टर सार्वजनिक भएको छ। पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ले जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको थियो। तर, पछि आएर फिल्मले देशको राजनीतिक परिस्थिति औल्याउदै रिलिज मिति पछाडी सारेको थियो। भदौ ३० गतेलाई नयाँ रिलिज मिति तय गरे सँगै फिल्म निर्माण युनिटले पनि फिल्मको प्रचार प्रसार समेत सुरु गरिसकेको छ।
यसअघि सार्वजनिक पोस्टरमा पल र आँचल एकदमै रोमान्टिक मुडमा देखिएका थिए। तर अहिले सार्वजनिक भएको पोस्टरमा भने दुबैजना ‘स्याड मुड’मा प्रस्तुत भएका छन्।
यसै वर्ष प्रदर्शनमा आएको सफल फिल्म ‘म यस्तो गीत गाउँछु’मा अभिनय गरेका पलले आफ्नो छुट्टै क्रेज बनाइसकेका छन्। विशेष गरि युवा दर्शकले पलको फिल्म ‘जोनी जेन्टलम्यान’को प्रतिक्षामा छन्। पलको अघिल्लो फिल्म हिट भएका कारण पनि ‘जोनी जेन्टलम्यान’ले बक्सअफिसमा सकारात्मक नजिता ल्याउन सक्ने अनुमान लगाउन सकिन्छ।
नितिन चन्दको निर्देशनमा तयार भएको फिल्ममा एनड्रिउ पौडेलको लगानी रहेको छ।