चलचित्र निर्माता संघले आफ्नो ६ महिने कार्यपत्र प्रस्तुत गरेको छ। बुधबार उद्योग वाणिज्य संघको नव निर्वाचित कार्य समितिलाई सम्मान गर्दै निर्माता संघले कार्यपत्र प्रस्तुत गरेको हो। नेपाली फिल्मको सेन्सर सजिलो बनाउने, नेपाली फिल्मको समस्याहरु र त्यसका समाधानको बारेमा राष्ट्रपति समक्ष जानकारी पुर्याउने, फिल्मको सेयर बाँडफाँड, बजेट सम्बन्धी राय सुझाव, विदेशमा नेपाली फिल्मको नियमित प्रदर्शन र महोत्सव तथा नेपाली फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउने जस्ता पक्षमा निर्माता संघले आवाज उठाएको अध्यक्ष अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै जानकारी दिए।
यता महासचिव रोज राणाले फुटेको नयाँ निर्माता संघले कानुनी झमेला दिंदा निर्माता संघलाई काम गर्न समस्या आइपरेको बताए। ‘अब कानुनी रुपमा पनि हाम्रो जित भएको छ। अब हामी काम गर्छौ’, महासचिव राणाले बताए। महासंघ अध्यक्ष राणाले नेपाली फिल्मलाई गर्नु पर्ने सहयोग महासंघले गर्ने धारणा राखिन्।
चलचित्र निर्माता संघले उद्योग वाणिज्य महासंघको नव निर्वाचित कार्य समितिलाई उद्योग वाणिज्य महासंघलाई बुधबार वाणिज्य महासंघकै कार्यक्रमहल टेकुमा सम्मान गरेको हो। निर्माता संघका अध्यक्ष अधिकारी उद्योग वाणिज्य संघका निर्वाचित सदस्य समेत हुन्।