यही शुक्रबार अर्थात साउन २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘संरक्षण’को बुधबार प्रिमियर शो गरिएको छ। चितवनमा रहेको जल्मा हलमा फिल्मको रेड कार्पेट प्रिमिएर गरिएको हो।
मल्टीस्टारर फिल्म ‘संरक्षण’को रेड कार्पेट प्रिमियरमा फिल्मका कलाकारहरु मलिना जोशी, आशिश्मा नकर्मी, नन्दु श्री वास्तव, प्रमोद अग्रहरी, राज कटुवाल, सुसान्त श्रेष्ठ लगायतको उपस्थिति थियो। प्रिमियर शोमा निर्माताद्वाय प्रदीप कुमार उदय र नरेन्द्र महर्जनसँगै निर्देशक पूर्णेन्दु झा पनि त्यहाँ पुगेका थिए। फिल्मका मुख्य दुइ कलाकार सौगात मल्ल र निखिल उप्रेती भने चितवनको प्रिमियरमा सहभागी भएनन्।
संरक्षणको प्रिमियरमा सहभागीहरुले फिल्मको तारिफ गरेका छन्। फिल्मले तराईको राजनीतिलाई जस्ताको त्यस्तै पर्दामा उतारेको प्रिमियरमा सहभागीको भनाई थियो। ‘संरक्षण’मा परवेश मल्लिकको संगीत र पुरुषोत्तम प्रधानको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको द्धन्द्ध निर्देशन रहेको छ।