आदित्य चोपडा ‘धूम’को चमक कहिले पनि कम हुन दिँदैनन् । चोर-सिपाही सीरीजको यो फिल्मको लागि शाहरुख खानको नाम नयाँ चोरको सूचीमा दर्ता हुने भएको छ । खबर यो छ कि, सिपाहीको भुमिकामा रहेका अभिषेक बच्चन अब धुमको सिरिजमा देखिने छैनन् किनकी उनको ठाउँमा रणवीर सिंह देखिने पक्का भइसकेको छ । सुत्रका अनुसार प्रोडक्शन हाउसले ‘धुम ४’ का लागि शाहरुख खानलाई अफर गरिएको छ र यस विषयमा अहिले निर्माणपक्ष र शाहरुख खान बिच कुरा भइरहेको छ । शाहरुख खानभन्दा पहिलो यो भुमिकामा सलमान खानलाई अफर गरिएको थियो तर हाल सलमान नकारात्मक भुमिका गर्न नचाहेका कारण उनले ‘धुम ४’ गर्न मानेनन् । शाहरुखले यसभन्दा पहिलो पनि नकारात्मक भुमिकामा काम गरेका कारण ‘धुम ४’ मा चोरको भुमिका निर्वाह गर्न कुनै गाह्रो हुने छैन । ‘धुम ४’ लाई यस पटक निकै स्टाइलिश बनाउने कोशिस निर्माणपक्षले गरिरहेको छ ।