नेपाली फिल्म नगरीको एक चर्चित नाम हो केकी अधिकारी। फिल्म ‘स्वर’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी उनले अहिले सम्म दर्जन बढी फिल्ममा काम गरिसकेकी छिन्। उनले अभिनय गरेका फिल्महरुमा ‘मसान’, ‘आई एम सरी’, ‘फन्को’, ‘हाउ फन्नी’, ‘भाग सानी भाग’, ‘लाभ साशा’, ‘घामपानी’ लगायत पर्दछन्।
‘घामपानी’ बाहेक केकिले अभिनय गरेका फिल्महरु व्यावसायिक रुपमा हिट छैनन्। तर पनि जुन फिल्ममा उनि काम गर्छिन उक्त फिल्मबाट उनको तारिफ नै हुने गर्दछ। कुनै समय म्युजिक भिडियोमा एकछत्र राज गरेकी केकीको रुपको पनि खुबै प्रशंसा हुने गर्दछ।
केकीले अभिनय गरेको फिल्म ‘रज्जा रानी’ प्रदर्शनको क्रममा छ भने उनि अहिले फिल्म ‘हुर्रे’को छायाँकनमा व्यस्त छिन्।
फोटो : आर्यन बिमली