आज भदौ ५ गते, नायिका रेखा थापाको जन्मदिन। रेखा थापाले आज आफ्नो ३६औ जन्मदिन मनाउदै छिन्। पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट मोरङमा जन्मिएकी रेखा नेपाली फिल्म क्षेत्रकी एक सफल नायिका हुन्। छविराज ओझाको निर्माणमा तयार भएको फिल्म ‘हिरो’बाट नायिकाको रुपमा फिल्म नगरीमा प्रवेश गरेकी रेखाले नायिकाको सफतासंगै आफ्नो परिचयालई फराकिलो बनाउदै लगीन्। उनि फिल्मकी नायिका मात्र नभएर निर्मात्री, निर्देशकसंगै गायिका पनि बन्न सकिन।
करिव एक दशक फिल्म क्षेत्रमा एकछत्र राज गरेकी रेखालाई नेपालको नम्बर एक हिरोइनको रुपमा लिइन्छ। रेखाले अभिनय गरेका प्राय: फिल्म हिट छन्। उनले अभिनय गरेका सफल फिल्महरुमा ‘हिरो’, ‘हिम्मत’, ‘किस्मत’, ‘धड्कन’, ‘हामी तीन भाई’, ‘दुर्गा’, ‘काली’, ‘देवर बाबु’, ‘कस्ले चोर्यो मेरो मन’, ‘हिफाजत’, ‘अन्दाज’, आदि पर्दछन्।उनले नेपाली फिल्म क्षेत्रका केहि सफल नायकहरुलाई पनि जन्म दिएकी छिन्। रेखाले आफ्नो फिल्मबाट फिल्म नगरीमा भित्राएका प्राय: कलाकार हिट छन्। तर उनले कोहि पनि नायकसंग लामो समयसम्म संगै काम गरिनन्। केहि फिल्ममा संगै काम गरे पश्चात उक्त नायकसंग उनको सम्बन्ध बिग्रिहल्थियो। उनले पहिला राजेश हमाल, निखिल उप्रेती, बिराज भट्ट, रमित ढुंगाना, आर्यन सिग्देल जस्ता धेरै नायकहरुसंग काम गरिन्। जो संग काम गर्थिन, जोडी हिट भइदिन्थियो। तर बिडम्बना दर्शकले उनीहरुलाई लामो समयसम्म पर्दामा संगै हेर्न पाउदैनन थिए। रेखाको नायक निखिल उप्रेती, बिराज भट्ट र आर्यन सिग्देलसंग त बोलचालनै बन्द भएको अवस्था पनि थियो। तर अहिले रेखाले पहिला बिग्रिएको सम्बन्धलाई सुधार्दै आएकी छिन्। रेखाले अहिले आर्यन सिग्देलसंग संगै काम गरेकी छिन्। त्यस्तै निखिल उप्रेतीको निर्माण रहेको फिल्म ‘रुद्र’ हेर्न रेखा ‘प्रिमियर शो’मा पुगेकी थिइन्। त्यहाँ उनले निखिल र आफु बीच कुनै दुश्मनी नभएको समेत बताएकी थिइन्।
फिल्म ‘हिरो’मा काम गरे पश्चात उनले निर्माता छविराज ओझासंग विबाह गरिन्। तर उनि फिल्म क्षेत्रमा सफल भए पनि उनको वैवाहिक जीवन भने असफल भयो। करिव १० वर्ष बैवाहिक सम्बन्धमा रहेका निर्माता छविराज र रेखा अन्तरिक मतभेद पश्चात एक आपसमा छुट्टिए। पहिला धेरै नायक तथा फिल्मकर्मीसंग ‘लभ अफियर’को हल्ला चले पनि रेखा अहिले सिंगल छिन्।फिल्म क्षेत्रमा सफल नायिका रेखालाई राजनीतिको भुत पनि थियो। उनि २०६४ सालमा प्रचण्ड नेतृत्वको मावोबादी केन्द्रमा पवेश गरिन्। तर त्यहाँ उनले आफ्नो राजनैतिक सफलता नदेखेपछि उनि कमल थापाको नेतृत्वको राप्रपा प्रवेश गरिन्। राप्रपाको महाधिवेशनबाट केन्द्रिय सदस्य पनि बनिन्। तर अहिले रेखाले फेरी कमल थापालाई छोडी पशुपति शम्शेरको नंया पार्टी राप्रपा प्रजातान्त्रिक तिर लागेकी छिन्। त्यसैले पनि उनको राजनैतिक क्रियाकलापको आलोचना पनि हुने गर्दछ।
अहिले रेखा आफ्नै निर्माणमा बन्न लागेको फिल्म ‘रुद्रप्रिया’मा व्यस्त छिन्। कार्तिक २ गते बाट प्रदर्शनमा आउने उक्त फिल्ममा रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको छ।
फिल्म क्षेत्रमा सफल नायिका रेखालाई अबका दिनमा पनि सफलता मिलोस्, हाम्रो शुभकामना !!!