कात्तिक १७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रोमियो’को दोश्रो गीतको लिरिकल अडियो सार्वजनिक भएको छ। यस अघि सार्वजनिक भएको लिरिकल गीत ‘ल्याङ ल्याङ’ चर्चित चर्चित भैसकेको छ।
सोमबार फिल्ममा समावेश ‘तिम्रो यादमा’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा कुर्वान अली खान र अमृता लिम्बुको स्वर रहेको छ भने गीतमा कुर्वानकै शब्द तथा संगीत छ।
‘एचआरके प्रोडक्शन’को र एसको प्रस्तुतीमा तयार भएको यो फिल्ममा हसनराजा खान, नीशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतको अभिनय छ ।
फ़िल्मलाई नव–निर्देशक शंकर कार्कीले निर्देशन गरेका हुन्। मिलन सापकोटा कार्यकारी निर्माता रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, रामेश्वर कार्कीको छायांकन, किरण माइकलको लेखन, अष्ट महर्जनको एक्सन छ।
सांगीतिक प्रेमकथामा आधारित यो चलचित्रलाइ दर्शकले मन पराउने विश्वास निर्माता तथा नायक हसनराजा खानले गरेका छन्। उनले भने ‘चलचित्रको कथावस्तुले यसपटक दर्शकलाइ रुवाउनेछ। एउटा उत्कृष्ट प्रेमकथा तयार पार्ने कोशिश हामीले गरेका छौ।’