सोमबार अमेरिकाको कोलोराडोस्थित डेनभर शहरमा ‘दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड’ सम्पन्न भएको छ। अवार्ड समारोहमा उत्कृष्ट अभिनेता फिल्म ‘गाजलु’बाट अनमोल केसी घोसित भए भने उत्कृष्ट अभिनेत्री फिल्म ‘लभ शासा’बाट केकी अधिकारी घोषित भईन।
फिल्म ‘छक्का पन्जा’बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड उचाल्दा ‘छक्का पन्जा’नै उत्कृष्ट फिल्म बन्न सफल भयो। सह-अभिनेताको अवार्ड ‘छक्का पन्जा’बाट जितु नेपालले प्राप्त गर्दा उत्कृष्ट सह-अभिनेत्री फिल्म ‘दर्पण छायाँ २’बाट सहारा कार्की घोषित भईन।
अवार्डमा वरिष्ठ कलाकार टीका पहारीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो भने नायक अर्जुनजंग शाही र ‘सुवर्ण क्षेत्री एचिभमेन्ट अवार्ड’बाट सम्मानित भए।
नेपालका लागि पूर्व अमेरिकी राजदूत श्री स्कट एच डेलिसीको प्रमुख आतिथ्यता र नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको विशेष आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा दजर्शन बढी कलाकार्मी उपस्थित थिए। अवार्ड कार्यक्रममा भुवन केसी, दिपाश्री निरौला, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, अनमोल केसी लगायतका कलाकारको उपस्थिति थियो।