गायिका मेनुका राईले आफ्नो तेस्रो गीतिसंग्रह ‘लाइफ’ श्रोतामाझ ल्याएकी छन् । माया आरिसे…गीतमार्फत गायन क्षेत्रमा स्थापित मेनुकाले यसअघि उनले ‘माया आरिसे’ र ‘१, २, ३’ गीतिसंग्रह बजारमा ल्याएकी थिइन् । गीतिसंग्रह लाइफमा ६ वटा लोकआधुनिक गीत संग्रहित छन् । माया आरिसे…मेनुकाको चर्चित गीत भएकाले यसलाई यस गीतिसंग्रहमा पनि समेटेकी छन् । संग्रहका गीत भुपेन्द्र खड्का, पवित्रा चाम्लिङ राई र रिदम राईले लेखेका हुन् । ती गीतमा राज्य राई, पवित्रा चाम्लिङ राई र रिदम राईकै संगीत रहेको छ । लाइफको अडियोलाई रिभेन्स म्युजिक क्रिएसनले बजारमा प्रस्तुत गरेको हो ।