फिल्म ‘जेरी’बाट नेपाली फिल्म जगतमा पाइला टेकेकी नायिका हुन् आना शर्मा। आना अभिनित पहिलो फिल्म नै सफल हुन पुग्यो। फिल्म ‘जेरी’मा अभिनय गरे पश्चात एक सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएकी आना करिब ३ वर्ष विश्राम लिएर फिल्म ‘ग्यांगस्टार ब्लुज’मार्फत पुन: नेपाली फिल्म क्षेत्रमा आगमन गरिन्। आना अभिनित ‘ग्यांगस्टार ब्लुज’ हाल प्रदर्शनरत छ।
उनि अभिनित दोश्रो फिल्म ‘ग्यांगस्टार ब्लुज’ रिलिज भएको केहि दिन नबित्दै उनको प्रेमी पनि सार्वजनिक भएका छन्। फिल्म ‘ग्यांगस्टार ब्लुज’ले राम्रो मार्केट लिन नसकिरहेको बेला उनको प्रेमको चर्चाले भने बजार तताएको छ। नायिका आना शर्मा र उनका प्रेमी सोनम शेर्पाका केहि तस्बिरहरु हालै मात्र सार्वजनीक भएका छन्। सार्वजनिक तस्बिरमा आना र सोनम एक अर्काको मायाको हराएका देखिन्छन्। एक तस्विरमा त सोनमले आनालाई चुम्बन समेत गरेका छन्।