नौ बर्ष पहिले ‘कहाँ भेटिएला’ बाट अभिनय यात्रा सुरु गरेकी नायिका हुन् श्वेता खड्का। ‘कहाँ भेटिएला’ पश्चात उनले फिल्म ‘हाँसिदेउ एक फेर’, ‘श्रीमान श्रीमती’, ‘कोहिनुर’ लगायत फिल्ममा अभिनय गरिसकेकी छन्।
अहिले श्वेता खड्का फिल्म ‘कान्छी’को निर्माणमा व्यस्त छिन्। उनि यस फिल्मको नायिकासँगै निर्माता पनि हुन्। केहि दिन पहिला राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्म ‘कान्छी’को औपचारिक निर्माण घोषणा गरिएको थियो।
त्यहि कार्यक्रममा नायिका श्वेता खड्का सेतो पहिरनमा एकदमै सुन्दरी देखिएकी थिइन्। पति श्रीकृष्ण श्रेष्ठको निधन पश्चात सर्वाजनिक कार्यक्रममा त्यति नदेखिने उनि पछिल्लो समय भने सार्वजनिक कार्यक्रममा देखिन थालेकी छिन्।
अहिले उनि फिल्म ‘कान्छी’को छायाँकनमा व्यस्त छिन्। आकाश अधिकारीले निर्देशन गर्ने फिल्ममा श्वेता खड्काले नायक दयाहाङ राईसंग स्क्रिन शेयर गर्दै छिन्।
फोटो : आर्यन बिमली