२०३ वर्ष पहिले नालापानिमा नेपली फौज र अंग्रेजी फौज बिच भएको युद्धमा आधारित भएर फिल्म ‘नालापानिमा’ बन्ने भएको छ। शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरियो। अंग्रेज फौजले नेपाललाई आफ्नो कब्जामा लिन खोज्दा गोर्खालीले देखाएको बहादुरी नै फिल्मको मुख्य कथावस्तु हो। त्यस बेला बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग लडाई लडेको थियो।
नालापानिमा भएको त्यस युद्धको इतिहासलाई अहिलेका तथा पछिका पिडीलाई जानकारी गराउने उद्धेश्यले निर्माण गर्न लगिएको उक्त फिल्मलाई रिमेश अधिकारीले निर्देशन गर्न लागेका हुन्। ‘पदमा कुमारी फिल्मस्’को ब्यानरमा निर्माण हुने उक्त फिल्ममा मनोज शाक्यको लगानी रहेको छ।
अर्जुन जंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, विशाल पहाडी, गीता अधिकारी लगायतको अभिनय रहने फिल्मको पटकथा तथा संवाद आशिष रेग्मीले लेखेका हुन्।