भदौ ३० गतेबाट प्रदर्शनमा आउन लागेको पल शाह र आँचल शर्मा अभिनित फिल्म ‘जोनी जेन्टलम्यान’को गीत रिलिज गरिएको छ। सार्वजनिक ‘जब जब तिम्रो साथ’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने अन्जु पन्त र सुरेश मगरले स्वर दिएका छन्। रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन, नबिन निरौलाको सम्पादन, प्रविन सिंहको नृत्य निर्देशन रहेको भिडियो आकर्षक बनेको छ।
गीतको भिडियोमा पल र आँचलको केमेष्ट्री एकदमै सुहाएको देखिन्छ। पल शाह र आँचल शर्माले फिल्म ‘जोनी जेन्टलम्यान’ दोश्रो पटक स्क्रिन शेयर गरेका हुन्। उनीहरुले यस अघि फिल्म ‘नाई नभन्नु ल ४’मा संगै काम गरेका थिए। उनीहरु दुबैले त्यहि फिल्मबाट डेब्यु गरेका हुन्।
केहि दिन पहिला मात्र सार्वजनिक गरिएको ट्रेलरबाट फिल्मले सकरात्मक प्रतिक्रिया पाइरहेको छ। नितिन चन्दले निर्देशन गरेको फिल्ममा एनड्रिउ पौडेल र अजय मल्लको लगानी रहेको छ।