नेपाली चलचित्रहरु दर्जनौ हातमा थिएँ, दर्शकहरुले एकपछि अर्को गर्दै नायक विराज भट्टका फिल्महरु हेर्न चाहिरहेका थिएँ तर विराज एक्कासी भोजपुरी चलचित्रमा हानिए । विराजले ५ बर्ष अगाडी अभिनय गरेको अन्तिम फिल्म थियो ‘मृगतृष्णा’ । त्यसपछि उनका नयाँ फिल्महरु दर्शकहरु हेर्न पाएनन् । दर्शकहरुले गएको ५ बर्षमा एक्शन नायक विराज भट्टको खोजी नगरेका होइनन् तर उनी एकपछि अर्को गर्दै भोजपुरी चलचित्रमा व्यस्त रहे । उनलाई त्यो समय धेरैले पैसाका लागि भोजपुरी चलचित्रमा गएको भनेर पनि आरोप लगाए तर उनीले ५ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका छन् । उनले अभिनय गरेको चलचित्र ‘जय परशुराम’ अहिले देशव्यापी प्रदर्शन भइरहेको छ ।
उनले ५ बर्षको अवधीमा नेपाली चलचित्रमा काम गर्न नचाहेका होइनन् तर उनले भने जस्तो ब्यानर र खोजे जस्तो कथा भेटेनन् । त्यसैले उनको कमब्याक ५ बर्षपछि रोज राणाले गराए । यसअघि रोज राणाले निर्माण गरेका केही फिल्ममा मुख्य भुमिका निर्वाह गरेका विराजले जय परशुरामको कथा उत्कृष्ट लागेका कारण काम गरे, जसले अहिले सिंगल हलहरुमा सुखद व्यापार गरिरहेको छ । केही समय काठमाडौंमै बस्ने योजना बनाएका विराजले दुइटा भोजपुरी फिल्मको सुटिङ गर्न बाँकी नै छ भने अन्य तीनवटा साइन गरिसकेका छन् । नयाँ पत्रिकासँगको कुराकानीको क्रममा विराजले आफुलाई भोजपुरी चलचित्रमा आफ्नो क्रेज बनाउन ठूलै मेहिनत गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘भोजपुरी फिल्ममा आफ्नो स्थान र क्रेज बनाउन मैले त्यहाँ पनि धेरै मिहिनेत गरेको छु । त्यहाँ मेरो नाम लिनेबित्तिकै नेपालको सुपरस्टार भनेर जोडिहाल्ने गर्छन् । नेपालको सुपरस्टार, भोजपुरीमा सानोतिनो भूमिकामा अभिनय गर्ने कुरा त भएन नै र अफर गर्नेले पनि सहयोगी भूमिका कहिल्यै गरेन । मलाई त्यहाँ आफूमा लागेको ट्यागलाई अझ उँचो बनाउनुपर्ने ठूलो चुनौती थियो । म त्यहाँ सफल भएँ । म सफल नभइदिएको भए देशको नाम पनि जोडिन्थ्यो । नेपालको सुपरस्टार भोजपुरीमा चलेन भनेर डोमिनेट हुनुपथ्र्यो । तर, मैले सबै चुनौतीलाई पार गरी आफ्नो स्थान बनाएको छु । उनीहरूले कलाकारलाई निकै सम्मान गर्छन् ।’ अब नेपाली र भोजपुरी फिल्म सँगै गर्दै जाने बताएका विराजलाई जय परशुराममा काम गरिसकेपछि केही नेपाली चलचित्रबाट अफर आइसकेको छ । तर विराज राम्रो कथा पाएँ मात्र काम गर्ने मनस्थितीमा रहेका छन् ।