धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी आँचल शर्माले फिल्म ‘नाई नभन्नु ल ४’ बाट फिल्म नगरीमा प्रवेश गरेकी हुन्। उनि अभिनित पहिलो फिल्म नै हिट भयो। तर त्यसको क्रेडिट भने उनले लिन पाइनन्। फिल्मको प्रिक्वेल हिट भएकै कारण फिल्म हिट भएको भन्नेहरु धेरै भए। ‘नाई नभन्नु ल ४’बाट उनिसँगै पल शाह र वर्ष राउतले पनि डेब्यु गरेका थिए।
अहिले आँचल फिल्म ‘जोनी जेन्टलम्यान’को प्रोमोशनमा व्यस्त छिन्। यो उनि अभिनित दोस्रो फिल्म हो। पहिलो फिल्ममा पनि पल शाहसँग जोडी बाधेकी आँचलले यस फिल्ममा पनि पल शाहसँग नै काम गरेकी छिन्। उनको लागि यो फिल्म चल्नै पर्ने देखिन्छ। किनभने उनि पहिलो पटक यस फिल्ममा शोलो हिरोइनको रुपमा देखिएकी छिन्। उनले यस फिल्मबाट आफुलाई प्रमाणित गर्नु पर्ने देखिन्छ।
आइतबार फिल्म ‘जोनी जेन्टलम्यान’को गीत रिलिज कार्यक्रममा पुगेकी आँचल एकदमै बोल्ड देखिएकी थिइन्। वन पिस लगाएर त्यहाँ पुगेकी आँचलले धेरैको ध्यान तान्न सफल भएकी थिइन्।
फोटो : आर्यन बिमली