गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ निर्माण टिमले पहिलो साताको कलेक्सन सार्वजनिक गरेको छ । मल्टिप्लेक्समा राम्रो दर्शक साथ पाएको फिल्मले सिङ्गल स्कृनमा पनि आशातित विजनेस गर्न सफल भयो । फिल्मले रिलिजको पहिलो ८ दिनमा १ करोड ८७ लाखको विजनेस गर्न सफल भएको छ ।
वितरण कम्पनि तथा निर्माण कम्पनिबाट प्राप्त विवरण अनुसार फिल्मले दोस्रो शनिबारसम्म १ करोड ८७ लाखको विजनेस गर्न सफल रह्यो । रिलिजको दिन ५३ लाखको विजनेस गरेको फिल्मले दोश्रो दिन अर्थात पहिलो शनिबार ७८ लाखको विजनेस गरेको थियो । मल्टिप्लेक्समा दोश्रो सातासम्म पनि फिल्मले राम्रो साथ पाईरहेको छ । तीजको विदा पर्दैगर्दा अनि दोश्रो शनिबार पनि फिल्मले मल्टिप्लेक्समा प्राप्त शो हरु हाउसफुल रहे । शनिबार शो प्राप्त बिग सिनेमा तथा क्युएफएक्सका अधिकांश पर्दा हाउसफुल रहेको निर्माता सरोज न्यौपानेले बताए ।
देशभरकै सिंगल स्कृनको विजनेस ‘एभरेज’ पाएका छौं, न्यौपानेले भने, ‘राजधानी बाहिरका त्यो पनि राम्रो शेयर आउने पुर्बी नेपालका हलहरुमा फिल्मले शो नपाउँदा पनि प्राप्त यो विजनेसमा सन्तुष्ट छौं ।’ फिल्मले दर्शकबाट प्रतिक्रिया भने मिश्रित पाएको छ । फिल्मलाई मुख्यतः ‘टिनएजर्स’ पुस्ताले मन पराए अनि सोहि उमेर समुहका दर्शक बढि हलमा देखिए ।
हेमराज बिसी निर्देशित फिल्ममा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाहि, प्रमोद अग्रहरी, अनुपम शर्मा, अरुणा कार्की, नरेश पौड्याल लगायत लिड अभिनयमा छन् । आशिरमानको लागी यो फिल्म डेब्यू रहँदा मनिष पण्डित फिल्मको कार्यकारी निर्मातामा छन् ।