फिल्म ‘रानी’को टिजर सार्वजनिक भएको छ। दयाराम दहाल निर्देशित फिल्मको मंगलबार युट्युब मार्फत टिजर सार्वजनिक गरिएको हो। टिजरमा माया, रोमान्स, विछोडलाई देखाइएको छ। टिजरमा मलिना जोशी, सरुक तम्रकार, मनिस सुन्दर श्रेष्ठ फिचरिङ छन्। टिजरको अन्त्यमा देखिने अनुपविक्रम शाही प्रहरीको भोषमा देखिएका छन्।
भानु महर्जन प्रस्तुतकर्ता रहेको फिल्ममा अनुपविक्रम शाही, मलिना जोशी, सरुक तम्रकार, मनिस सुन्दर श्रेष्ठ, सुशान खड्का लगायतको अभिनय रहे छ। बिमलमान गुभाजुको लगानी रहेको फिल्ममा विजय घिमिरेको संगीत, पुरुषोतम प्रधान, मन कृष्ण महर्जन र सिशान बानियाको छयाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ।
निर्माण युनिटले फिल्मको प्रर्दशन मिति तय नगरे पनि फिल्म कात्तिक २ गतेबाट प्रर्दशनमा आउने बुझिएको छ।