जो कोहीको बच्चामा केही न केही सपना हुन्छ कि आफु ठूलो भएपछि के बन्ने भनेर । ति मध्ये केही व्यक्तिमात्र यस्ता हुन्छन्, जसले बच्चामा देखेको सपना पुरा गर्छन । यस मध्येकी एक हुन् हलीउड एक्ट्रेस केन्डल जेनर। सुपर मोडल र रियलिटी टीभी स्टार केन्डल जेनरको सफल मोडलिङ्ग करियर उनका लागि कुनै सपना साकार हुनु जस्तै थियो । केन्डलले भनेकी छिन् कि उनी सधै फेशन इन्डस्ट्रीको हिस्सा बन्न चाहन्थिन । उनले आफ्नो बाल्यकाललाई याद गर्दे भनिन्, ‘म बाल्यकालमा तेन्दुएले छापिएको कोट लगाएर घर घुम्ने गर्थे ।’ उनले आफुलाई मन पर्ने कपडाको विषयमा बोल्दै भनिन्, ‘मलाई जुन सुकै विवादास्पद पहिरन मन पर्छ ।’