कत्तिक ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐश्वर्य’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा अभिनेता रमेश उप्रेती, दीपिका प्रसाइ र प्रशान्त ताम्रकार फिचारीङ छन्। टिजरमा ‘ऐश्वर्य’लाई पाउनको लागि रमेश उप्रेती र प्रशान्त ताम्राकारको टक्कर देखाइएको छ। फिल्मको यस अघि सार्वजनिक गीत ‘तिमी रोएको पल’लाई दर्शकले रुचाइसकेका छन्।
हेर्नुहोस् टिजर :
कत्तिक २ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्मले एकै दिन पाँच फिल्म प्रदर्शनमा आउने भएपछि आफ्नो प्रदर्शन मिति पछाडि सरेको थियो। दिवाकर भट्टराई निर्देशित फिल्म ‘एश्वर्य’लाई अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले निर्माण गरेका हुन्। फिल्मको सह-निर्माता निर्मल शर्मा हुन्। सुदिप बरालको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेले संगीत छ।