नायिका झरना थापाको डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘ए मेरो हजुर २’ यो हप्ताको शुक्रबारबाट प्रदर्शनमा आउन लागेको छ। फिल्म ‘ए मेरो हजुर २’ को ट्रेलर र गीत रिलिज भइसकेका छन्। सार्वजनिक ट्रेलर र गीत हेरेर फिल्मको रिलिज मिति पर्खने दर्शकको संख्या पनि उत्तिकै छ। ट्रेलर र गीतलाई दर्शकले खुबै रुचाइसकेका छन्।
फिल्ममा सम्राज्ञी राज्यलक्ष्मी शाह र नव-नायक सलिनमान बँनियाको मुख्य भूमिका रहेको छ। फिल्म ‘ड्रिम्स’बाट नेपाली फिल्म नगरीमा पहिला चालेकी सम्राज्ञीको क्रेज दर्शकमाझ एकदमै राम्रो छ। उनको फ्यान फलोअर्सको संख्या पनि राम्रै छ। पहिलो फिल्मबाट नै फिल्म नगरीमा सम्भावना बोकेकी नायिकाको रुपमा देखिएकी सम्राज्ञीको यो दोश्रो फिल्म हो ।
त्यस्तै यसै फिल्मबाट नायक सलिनमान बँनियाले डेब्यु गर्दै छन्। उनि अभिनित कुनै फिल्म पर्दशन आएको नभए पनि उनको फ्यान फलोअर्स कुनै स्टारको भन्दा काम छैन। सार्वजनिक कार्यक्रममा जाँदा होस् या अन्त कतै, उनलाई देख्ने बित्तिकै उनका फ्यानले घेरिहाल्छन। जुन कुरा केहि दिन पहिला ‘ए मेरो हजुर २’को प्रोमोशनल टुरबाट पनि प्रमाणित भइसकेको छ।
पहिलो फिल्मबाट दमदार इन्ट्री मारेकी सम्राज्ञीको लागि यो फिल्मले झन ठुलो सफलता दिनेमा उनि विश्वस्त देखिन्छिन। त्यस्तै फिल्म रिलिज पूर्वनै धेरै फ्यान फलोअर्स कमाइसकेका सलिन पनि फिल्म चल्ने कुरामा ढुक्क देखिन्छन। सम्राज्ञीको पहिलो फिल्मले पाएको सफलता कायम गर्न र सलिनको यो क्रेजलाई कायम गर्नको लागि फिल्म ‘ए मेरो हजुर २’ले राम्रो व्यापार गर्नु पर्ने पनि देखिन्छ।
उसो त यसै फिल्मबाट नायिका झरना थापाले पनि निर्देशनमा हात हालेकी छिन्। नायिकाको रुपमा आफ्नो छुट्टै परिचय बनाएकी झरनाको लागि पनि यो फिल्म चल्ने पर्ने हुन्छ। फिल्म राम्रो बनेको भन्दै झरनाले आफु यो फिल्म चल्नेमा ढुक्क भएको बताईन्। ‘फिल्मको लागि मैले एकदमै मेहनत गरेको छु’, झरनाले भनिन् ‘मेहनत अनुसारको काम पनि राम्रो भएको छ।’ फिल्मको क्रेज र ट्रेलर तथा गीतले दर्शकबाट पाएको प्रतिक्रियाबाट यो आकलन गर्न सकिन्छ कि फिल्मले आक्रामक ओपनिङ गर्छ।
‘सुहाना इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको फिल्म ‘ए मेरो हजुर २’मा सम्राज्ञी र सलिनसंगै सलोन बस्नेत, अम्बर सुबेदी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तमाङ लगायतको अभिनय रहेको छ। फिल्ममा सुनिल कुमार थापाको लगानी रहेको छ।