नाकको सर्जरी गराउन भनेर इरान पुगेकी एउटी पोर्नस्टार ठूलो संकटमा फसेकी छिन् । खबरका अनुसार इस्लामको सिया मत अनुसरण गर्ने इरानको संविधानमा अनैतिक गतिविधि प्रवद्र्धन गर्नेलाई मृत्युदण्ड दिने प्रावधान छ । ती पोर्नस्टार स्वयंले आफू इरानमा रहेको बताएपछि उनी समस्यामा पर्न सक्ने आकलन सर्वत्र गरिएको छ । ‘अहिले म तेहरानमा छु, रमाइलो गर्दै छु । मेरो नाक सीधा थिएन, यहाँ आएर यसलाई ठीकठाक गरेँ,’ आफ्नो तस्बिर शेयर गर्दै पोर्नस्टार क्यान्डी चाम्र्स उपनामले चिनिने उनले इन्स्टाग्राममा लेखेकी थिइन् । उनले तस्बिर सेयर गरेपछि यसबारे विभिन्न सञ्चारमाध्यममा चर्चा भएको थियो । पोर्नस्टार इरानमा रहेको समाचार सार्वजनिक भएपछि इरानी अधिकारीहरूले यसमा चासो देखाएका थिए ।