निर्माता तथा निर्देशक करण जोहरले सन् २०१३ को सुपरहिट फिल्म ‘स्टुडेन्ट अफ द इयर’को सिक्वेल ‘स्टुडेन्ट अफ द इयर–२’ बनाउने घोषणा गरेका छन् । पीटीआईका अनुसार फिल्ममा उनले अभिनेता टाइगर श्राफलाई नायकको रूपमा लिने भएका छन् । तीन वर्षअघि नै करणले स्टुडेन्ट अफ द इयरको सिक्वेल बन्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार फिल्म निर्माण गर्न लागेको उनले प्रस्ट्याएका छन् । आफूले यसअघि घोषणा गरेअनुसार स्विकेलमा नयाँ कलाकार राख्ने भएका छन् । सोही कारण उनले टाइगरलाई फिल्ममा लिने निर्णय गरेको पनि बताएका छन् । निर्माता करणले ट्विटरमार्फत आफ्नो फिल्ममा निर्देशक पुनितसँगै टाइगर श्राफ अनुबन्धित भइसकेको बताएका छन् । यता अभिनेता टाइगरले पनि आफू ‘स्टुडेन्ट आफ द इयर–२’ मा चयन भएको ट्विटरमार्फत सार्वजनिकगरेका छन् । यतीबेला आफ्नो सुपरम्यान फिल्म ‘अ फ्लाइट जाट’ मा व्यस्त टाइगरले सो फिल्म रिलिजपछि यस फिल्ममा काम गर्नेछन् । स्टुडेन्ट अफ द इयर–२ को निर्देशन पुनित मल्होत्राले गर्दै छन् ।