युवा गायक सिएलएस सुनिल श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवापुस्ता माझ निकै नै प्रिय बनेका पप गायक सुनिलको ‘लजाएर मुस्कुराउने’ बोलको भिडियो हालै मात्र सार्वजनिक भएको हो। सार्वजनिक गीतको भिडियोमा अदिप श्रेष्ठ र भद्रगोलकी चर्चित पात्र रक्षा श्रेष्ठ फिचरिङ छन्।
अल्बिन थापा मगर र सिएलएस सुनिल श्रेष्ठको स्वर रहेको यस गीतका शब्द तथा रचनाकार पनि सिएलएस सुनिल श्रेष्ठ नै हुन्। यस गीतमा प्रकाश नेपालीले संगीत भरेका छन्। अनिल राना मगरको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा विक्रम कार्कीको छायाँकन रहेको छ भने संगीत श्रेष्ठले भिडियोलाई सम्पादन गरेका छन्।