कुनै समयका एकदमै व्यस्त नायक राजवल्लभ कोइरालाले इन्गेजमेन्ट गरेका छन्। विगत केहि वर्षदेखि अमेरिकामा बस्दै आईरहेका राजवल्लभले अमेरिकामै बस्दै आएकी प्रतिमा बिमलीसँग इन्गेजमेन्ट गरेका हुन्। प्रतिमा बायोमेडिकल इन्जिनियर हुन्।
काठमान्डौको हाडीगाउँमा स्थाई घर भएकी प्रतिमा बिगत २ वर्ष देखि परिवार सहित अमेरिका बस्दै आएकी थिइन्। राजवल्लभ आफैले बिवाहको जानकारी नदिए पनि उनका साथीभाई तथा आफन्तजनले राजवल्लभलाई बधाई दिदै सामाजिक संजालमा तस्विरहरु शेयर गरेका छन्। लामो समय अफेयरमा रहेका राज र प्रतिमाले आफ्ना परिवार र आफन्तको उपस्थितिमा इन्गेजमेन्ट गरेका हुन्।